काठमाडौं – कालिञ्चोक दर्शन लिमिटेडका दुई आधारभूत शेयरधनीले आगामी तीन महिनाभित्र आफूले धारण गरेको शेयर बिक्री गर्ने भएको छ। कम्पनीका अनुसार रमेश राज शिवाकोटीले धारण गरेको १ लाख २२ हजार र उमेश राज शिवाकोटीले धारण गरेको ३ लाख २८ हजार १५६ कित्ता शेयर बिक्रीमा राखेको हो।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्न चाहने आधारभूत शेयरधनीले बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्ने व्यवस्था छ।






About Us
प्रतिक्रिया