काठमाडौं – आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.१९ अंकले घटेर बजार २६ सय १२ दशमलव ४२ को बिन्दुमा बन्द भएको छ। यससँगै कारोबार रकम समेत घटेर ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज १ करोड ५० लाख ९४ हजार कित्ता शेयर किनबेच भएको छ। त्यस्तै, आज ३५० कम्पनी कारोबारमा आउदा ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज सबैभन्दा बढी हिमालयन दोलखा हाइड्रोपावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको २५ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.९४ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउने कम्पनीमा एनएमबी हाइब्रिड फण्ड एल–२ का लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.७३ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया