काठमाडौं– नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा नौ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार ६ सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।






About Us
प्रतिक्रिया