स्नो रिभर्सको लाभांश घोषणा


काठमाडौं – स्नो रिभर्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो दरमा लाभांश वितरण गर्न विद्युत नियमन आयोगले भदौ २६ गते पूर्व स्वीकृती दिएको छ।

सो लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ कम्पनी जनाएको छ।