नासा सेक्युरिटिजको मुख्य प्रायोजक रहेको क्यापिटल मार्केट डिस्कोर्श, ब्रोकर कम्पनीहरूको उल्लेख्य सहभागिता


काठमाडौं – नासा सेक्युरिटिज मुख्य प्रायोजक रहेको पहिलो नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । गत भदौ २१ गते काठमाडौंको मेरियटमा आयोजित डिस्कोर्श सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।

नासा सेक्युरिटिज मुख्य प्रायोजक रहेको कार्यक्रमले नेपालको पुँजी बजारमा ब्रोकर कम्पनीको भूमिकालाई समेत थप बहस समेत सिर्जना गरेको छ । कार्यक्रममा पुँजी बजारसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । डिस्कोर्शमा ब्रोकर कम्पनीलगायत पुँजी बजारसँग सम्बन्धित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

बैंकिङ्ग समाचारको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसनको सह आयोजनामा भएको डिस्कोर्शमा नासा सेक्युरिटिजको मुख्य प्रायोजनको रुपमा थियो । यससँगै विभिन्न संस्था तथा कम्पनीहरू सह प्रायोजकको रुपमा आबद्ध भएका थिए । डिस्कोर्शको इभेन्ट पार्टनरमा क्यापिटल म्याक्स सेक्युरिटिज र भिजन सेक्यूरिटिज रहेका थिए । मिडिया पार्टनरमा न्युज अफ इन्स्योरेन्स र न्यूज अफ फिनटेक आबद्ध थिए ।

डिस्कोर्शको सपोर्टेड वाइमा एबीसी सेक्युरिटिज, आरबीबी सेक्युरिटिज, हिमालयन ब्रोकरेज, दीपशिखा धितोपत्र कारोबार कम्पनी, सन सेक्युरिटिज, माछापुच्छ्रे क्यापिटल, एनआईएमबी स्टक मार्केट्स, हिमालयन क्यापिटल, एनएमबी क्यापिटल, कुमारी क्यापिटल, सिद्धार्थ क्यापिटल, जोय–स्टोर, एनआईएमबी एस क्यापिटल, एनआईसी एशिया क्यापिटल, मुक्तिनाथ क्यापिटल, हिमालयन सेक्युरिटिज, डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज, क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिज, प्रभु क्यापिटल, नबिल इन्भेस्टमेन्ट, नबिल स्टक डिलर, कृषि विकास बैंक, हातेमालो फाइनान्सियल सर्भिसेज, जोनी वाकर, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, काठमाडौं फिनटेक र थर्ड फ्याक्टर एआई आबद्ध भएका थिए ।

कार्यक्रममा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल भएका थिए । डिस्कोर्शको पहिलो सत्र ‘उत्पादन, नीति तथा नियमन : नेपालको पुँजी बजारको भविष्य’, दोस्रो सत्र ‘सचेत लगानीकर्ता, सबल पुँजी बजार : सचेतना र साक्षरताको भूमिका’ तेस्रो सत्रमा ‘प्रविधि तथा नवप्रवर्तन : नेपालको पुँजी बजारको भविष्य’ नामक सत्रगत छलफल भएका थिए । यसबाहेक डिस्कोर्शमा सेबीका कार्यकारी निर्देशक राम मोहन रावसँग वान टू वान सेसन र सेबोनका अध्यक्षसँग डुओलग भएको थियो।

बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलका अनुसार कार्यक्रममा पुँजी बजारका समसामयिक विषय, बजारका अवसर तथा चुनौती र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा छलफल भएको थियो । ढुंगेलले नेपालमा पुँजी बजारको विकास, विस्तार तथा यससँग जोडिएका सरोकारवालाबिचको संवादलाई थप प्रभावकारी बनाउने उद्देश्यले डिस्कोर्श आयोजना गरिएको बताए ।