काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले केही निर्देशन दिँदा सर्भिलेन्सका लागि कुनै तथ्यांक आवश्यक पर्दा तथा अन्य कुनै ‘सिग्नेचर लिगल भ्यालिडिटी’ नभएको कागजात अनलाइन प्लेटफर्ममार्फत शेयर गर्दै आएका छौँ। पुग्यो/पुगेन भनेर पनि सोही माध्यमबाट जानकारी पाइन्छ। अनुसन्धानका लागि चाहिने तथ्याङ्कमा हामीले ढिलाइ गर्न मिल्दैन। त्यसलाई एक अनुरोधमा नै पठाउँछौँ। बोर्डको निर्णयहरू पठाउनुपर्ने हुँदा भने कागजात नै पठाउँछौँ। यसलाई सीडीएस र सेबोनले अनलाईनमार्फत सीमित प्रतिशत काम गर्दै आएको छ भन्न सकिन्छ।
शेयर बजारमा डिजिटल बनाउन सीडीएसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। मेरो शेयर नचलेर समस्या आउने भन्ने किसिमका प्रश्नहरू अहिले आइरहेको छ। पछिल्लो तथ्यांक हेर्दा सबैभन्दा बढी आईपीओमा आवेदन आएको याम्बालिङ हाइड्रोपावर कम्पनीको हो। यो कम्पनीमा ३० लाख ५४ हजार ४९९ वटा आवेदन आएका थिए। जसमा कुनै पनि समस्या आएन। पहिला मेरो शेयरमा समस्या थियो । तर, पछिल्लो समय समस्या कम हुँदै गइरहेको छ।
सीडीएसको महत्वपूर्ण अङ्ग मेरो शेयर हो। लगानीकर्ता प्रत्यक्षरुपमा जोड्ने नै मेरो शेयर मार्फत हो। जसकारण, पूर्वाधार, साइबर सुरक्षा र ‘अम्टिमाइजेशन’का लागि हामीले निरन्तर काम गर्छौँ। ८० लाख लगानीकर्ताले सीडीएसको प्रणालीमा समस्या आयो भन्ने गुनासो नआउने गरी काम गरिरहेका छौँ।

अहिले डेटा सेन्ट्रलाइजेहनका कुरा पनि आइरहेको छ। क्यापिटल मार्केटको नियामक र बैंकको नियामक निकाय फरक हुँदा पनि डेटा सेन्ट्रलाइजेशनमा गर्न केही असहज भइरहेको छ। नेपाल धितोपत्र बोर्डलाई चाहिने तथ्यांक नेपाल राष्ट्र बैंंकलाई आवश्यक नहुन सक्छ भने राष्ट्र बैंकलाई चाहिने तथ्यांक बोर्डलाई आवश्यक नपर्ने हुन सक्छ। तर, सेन्ट्रलाइज्ड एकीकृत होइन।
यसका लागि लगानीकर्ता, नियामक, मार्केट प्लेयरले आन्तरिक स्वीकृति दिनुपर्छ । यदि एउटा लगानीकर्तालाई एउटा आइडी दिएमा सबैतिर सूचना प्रसारण होस् भन्ने चाहेको हुन्छ। त्यसैले हामीले जुन निकायलाई जे सूचना आवश्यक छ त्यसलाई आन्तरिक स्वीकृति दिने विषयमा काम गर्नुपर्छ। अहिले हामीले क्यापिटल मार्केटको लागि भनेर सेन्ट्रलाइज्ड केवाइसी सिस्टम लागू गरिसकेका छौँ।
यसलाई २०२३ बाट हामीले राम्रोसँग सुरु गर्यौ। ६/७ लाख अकाउन्ट होल्डरले सेन्ट्रलाइज्ड केवाइसी आइडी लिइसकेका छन् । त्यो खाता क्यापिटल मार्केटमा प्रयोग गर्ने भनेर नै आएको हो। अहिले सेबोनबाट निर्देशनमार्फत पनि सेन्ट्रलाइज्ड केवाइसीलाई सबैतिर प्रयोग गर्नु भनिएको छ। अब आउने नयाँ खाताहरू सेन्ट्रलाइज्ड केवाइसीबाट नै आउने र पुरानोलाई अहिले एकै पटक आउँदा धान्न नसक्ने अवस्था भएकाले पुरानोलाई केही भनिएको छैन।

तर, नयाँ खुल्ने खाता सबै सेन्ट्रलाइज्ड केवाइसीमा आउँछन्। सेबोनले इन्ट्रा डे, सर्ट सेलिङ कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ। यसका लागि सेबोनले नीति बनाएपछि हामीले काम गर्न तयार नै छौँ। इन्ट्रा डे भनेको सेटलमेन्टको पाटो भयो। सेक्यूरिटिज ल्यान्डिङ एण्ड बरोइङमा रेगुलेसन आएपछि नै एउटा प्लेटफर्मको विकास गर्ने तयारीमा छौँ । त्यसमा धेरै समय लाग्दैन । नियमन आएपछि मात्रै हामीले काम गर्ने हो।
विगतमा आईजीनमा नीतिगत अल्झन आएको थियो। अब अन्नाको गाइडलाइन्सअनुसार गर्ने भन्ने सेबोनको भनाई स्पष्टरुपमा नै आएको छ। बैंक तथा बीमा कम्पनीमा ऐनले नै ‘होल्डर ट्रेड’को समूह भित्रै बस्नुपर्छ। होल्डर छुट्याएको भएर हामीले यसमा डबल आईजिनको व्यवस्था गरेका थियौँ। अरू कम्पनीको हकमा सिडिएस र नेप्सेको आईजिन बनाउने समयमा दुई वटा आईजिन बनेको भएर उस्तै बनाउनुपर्छ। कुनैलाई एउटा कुनैलाई दुई वटा हुनु हुँदैन कानुन नै बनाएर जानुपर्छ भनेर निर्देशिका अघि बढाइएको छ।

यसको बिचमा सेबोनमा नेतृत्व परिवर्तनका विषय पनि आयो। अहिले नयाँ नेतृत्वमा डा. गोपाल भट्ट आइसकेपछि हामी सेबोनको टिमसँग छलफल गरेर आउटपुट आइसकेको पनि छ। दुई वटा कम्पनीको डबल आईजिन थियो । लकइन पिरियडपछि पनि एउटा आईजिनमा राख्न सकेका थिएनौँ। र, पछिल्लो समयमा सेबोनको पनि निर्देशन आयो र हाम्रो तर्फबाट पनि सर्ट आउट भइसकेको छ। दोस्रो चरणमा हामीले अरू कम्पनीको लागि पनि अन्नाको गाइडलाइन्सअनुसार नै हामी अघि बढ्छौँ। लकइनका लागि आइजिन चाहिन्छ भन्ने होइन।
एपीआइका लागि समस्या भयो भन्ने प्रश्न पनि आइरहेको छ । हामीकहाँ एपीआई होल्डिङ गर्ने धेरै ब्रोकर छैनन्। एपीआई नीतिअनुसारको डकुमेन्टसनअनुसार आउँदा त्यति समस्या हुँदैन। एपीआइ गाइडलाइन्सअनुसारको सबै डकुमेन्ट हुँदा हामीले दिएपछि टेस्टको लागि जाने हो। सीमित ब्रोकर कम्पनी मात्रै एपीइआई लिनका लागि बाँकी हुनुहुन्छ। यस्तै, पोर्टफोलियो सर्भिसको लागि सेन्ट्रलाइज्ड मेकानिजथम बनाउने विषयमा छलफल भएको थियो।
पोर्टफोलियो होल्डर्सलाई लगइन दिने र त्यसबाट काम नै गर्ने तयारीमा थियौँ। तर, यससँगै विभिन्न चुनौतीहरू देखिएपछि अहिले इडीआईमार्फत नै गर्ने भनेर हामीले टुङ्गाइसकेका छौँ। यसमा धेरै समय लाग्दैन। केही समय मात्रै भयो इपीआई लागू भएको। अब पोर्टफोलियो सर्भिस दिने ब्रोकर्सलाई खास समस्या आउँदैन।
यतिबेला सिडिएससी डिजिटल रूपान्तरणको बाटोमा लागिरहेको छ। यसको लागि हामीले भारतले चलाएको एप्लिकेशन प्रयोग गर्दै आएका छौँ। त्यसको पेरिफेरीमा रहेर यहाँका भेण्डरहरुले लागू गर्ने गरेका छन् । यसका लागि अन्तर्राष्ट्रियस्तरको पूर्वाधारको विकास गर्नुपर्ने हुन्छ। हामी डेटावेस डिजास्टर रिकभरीका लागि आईडीएमसी सिंहदरवारमा छ। यस्तै, आफ्नै भवनमा पनि एउटा डेटा सेन्टर छ भने डिजास्टर रिकभरी हेटौडामा पनि राखेका छौँ।
त्यसपछि नेपाल विद्युत् प्राधिकरणसँग पनि आग्रह गरेर एउटा डेटा राख्ने भनेर योजना बनाइरहेका छौँ। सेक्युरिटी, लाइसेन्सिङ लगायत सबै विषयका लागि आईटिको टिम छ। जसले हाम्रो विकासका लागि समेत सहजीकरण गरेको छ।
(नेपाल क्यापिटल मार्केट डिस्कोर्शको तेस्रो सत्र ‘प्रविधि तथा नवप्रवर्तन: नेपालको पुँजी बजारको भविष्य’मा सीडीएस एण्ड क्लियरिङ लिमिटेडकी कामु सीईओ सापकोटाले राखेको धारणाबाट)






About Us
प्रतिक्रिया