बढ्यो सुनचाँदीको मूल्य बढ्याे, तोलाको कति ?

'सुन ४८ सय र चाँदी ६० रूपैयाँले बढ्याे'


काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ८ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा एक हजार दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चार हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढेको हो।