काठमाडौं – मोदी इनर्जी लिमिटेडका संस्थापक शेयरधनी अद्धित्य अग्रवालले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्री गर्ने भएका छन्। कम्पनीका अनुसार संस्थापक शेयरधनी अग्रवालले आफ्नो नाममा रहेको ४ लाख ७२ हजार २२० कित्ता शेयर बिक्रीमा राखेका हुन्।
कम्पनीका अनुसार अग्रवालले शेयर बिक्रीसम्बन्धी आफ्नो लिखित मनसायपत्र भदौ २५ गते दर्ता गराएका थिए। नेपाल धितोपत्र बोर्डद्वारा गत भदौ ९ गते जारी गरिएको निर्देशिका तथा परिपत्रको पालना गर्दै कम्पनीले लगानीकर्ता तथा अन्य सरोकारवालाहरूलाई आधिकारिक रूपमा यस सूचनाको जानकारी गराएको हो।
प्रचलित कानुनी प्रावधान र शेयर विनिमय नियमअनुसार संस्थापक शेयरधनीले शेयर बिक्रीमा राखेको मितिले १५ दिनको समयावधि पूरा भएपछि मात्र आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।






About Us
प्रतिक्रिया