काठमाडौं – नेपाली बजारमा सुनको मूल्य साताभर उतारचढावपूर्ण रह्यो। आइतबार प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा झरेको थियो।
मंगलबार ३ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको सुन बुधबार ३ हजार रुपैयाँ घटेर ३ लाख २ हजार ४ सयमा कारोबार भयो। बिहीबार पुनः ३ हजार ४ सय रुपैयाँ बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको सुन शुक्रबार भने ४ हजार ८ सय रुपैयाँले घट्यो।
शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको छ। यससँगै आइतबारको तुलनामा शुक्रबारसम्म सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ३ लाख ४ हजार ३ सय रूपैयाँमा किनबेच भयाे। यस्तै, शुक्रबार ३ लाख १ हजार रूपैयाँमा काराेबार भयाे। प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेकाे छ।






About Us
प्रतिक्रिया