काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार भने सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको थियो। एक दिनको वृद्धिपछि शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ थियो। यसअनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय ५५ रुपैयाँले घटेको हो।






About Us
प्रतिक्रिया