काठमाडौं – बाढीका कारण एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि सरकारले काठमाडौं उपत्यकामा अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था लागू गरेको छ। अब उपभोक्ताले आफ्नो नियमित ब्रान्डको ग्यास नपाए अर्को कम्पनीको सिलिन्डर सोही मूल्यमा साटेर ग्यास लिन सक्नेछन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगम र ग्यास उद्योगलाई व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएकी छन्।
हाल यो व्यवस्था काठमाडौं उपत्यकामा मात्रै लागू गरिनेछ। बाढी तथा अन्य कारणले आपूर्ति प्रभावित हुँदा कुनै एक कम्पनीको सिलिन्डर नपाएर उपभोक्ताले ग्यास खरिद गर्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको मन्त्रीको सचिवालयले जनाएको छ।






About Us
प्रतिक्रिया