प्रतितोला ३ हजार रूपैयाँ घट्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं– नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला तीन हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन तोलामा तीन हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख पाँच हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

मंगलबार प्रतितोला चार हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ घटेको हो।