काठमाडौं – माथिल्लो मैलुङ खोला जलविद्युतको ८४ लाख ९० हजार ८०० सय कित्ता शेयरको लकइन अवधि सकिने भएको छ। कम्पनीको संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीको स्वामित्वमा रहेको उक्त शेयरको लकइन अवधि आगामी कात्तिक २ गते सकिने भएको हो।
कम्पनीका अनुसार लकइनमा रहेको शेयरमध्ये संस्थापक शेयरधनीको ७० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरिएको १४ लाख ९० हजार ८०० कित्ता शेयर रहेका छन्। कम्पनीमा दर्ता रहेको कुल १ करोड कित्ता शेयरमध्ये यी शेयरको लकइन अवधि तोकिएको मितिमा समाप्त हुन लागेको हो।






About Us
प्रतिक्रिया