काठमाडौं – एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपेश कुमार वैद्यले गैरआवासीय नेपाली (एनआरएन) लाई पुँजी बजारमा ल्याउन नियामक धितोपत्र बोर्ड (सेबोन) ले थप दायरा विस्तार र नीतिगत सुधार गर्नुपर्ने बताएका छन्।
बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ को तेस्रो सत्र ‘प्रविधि तथा नवप्रवर्तनः नेपालको पुँजी बजारको भविष्य’ मा बोल्दै सीईओ वैद्यले पुँजी बजारको विकासका लागि एनआरएनको लगानी भित्र्याउनु आवश्यक रहेको उल्लेख गरे।
‘हामी एनआरएनलाई सेवा दिन तयार छौँ र दिन पनि सक्छौँ, तर यसका लागि नियामकका तर्फबाट केही नीतिगत सुधार र दायरा विस्तार आवश्यक छ,’
उनले बजारलाई थप चलायमान बनाउन प्रविधि र नीति दुवै पक्षमा सुधार गर्दै लैजानुपर्नेमा उनले जोड दिए।






About Us
प्रतिक्रिया