काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले नेप्सेको पुनसंरचना तथा वेबसाइटलाई थप प्रभावकारी र प्रयोगकर्तामैत्री बनाउने विषयमा काम भइरहेको बताएका छन्। बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ को तेस्रो सत्र ‘प्रविधि तथा नवप्रवर्तनः नेपालको पुँजी बजारको भविष्य’ मा बोल्दै उनले यस्तो बताएका हुन्।
‘नेप्सेले अर्बौँको लाभांश बाँड्न सक्छ तर वेबसाइट राम्रोसँग बनाउन सक्दैन भन्ने गुनासो र प्रश्नहरू आउने गरेका छन्, यो कुरा ठीकै हो,’ पराजुलीले भने, ‘हामीले नेप्सेको पुनसंरचना गर्ने र वेबसाइटलाई थप प्रभावकारी बनाउने विषयमा गम्भीर छौँ र त्यसमै केन्द्रित भएर काम गरिरहेका छौँ ।’
‘टीएमएस र नेप्से नट्स फरक प्रणाली हुन्, संसारभरिनै स्टक एक्सचेन्जहरूले यसलाई यसरी नै छुट्ट्याएका हुन्छन्,’प्रवक्ता पराजुलीले भने, ‘हाम्रो बजारमा नेप्सेले मात्रै टीएमएस बनाउने वा बनाएर दिनुपर्ने हो भन्ने बुझाइ छ, तर ब्रोकरहरू आफैँले पनि टीएमएस बनाएर लैजान सक्छन्।’






About Us
प्रतिक्रिया