काठमाडौं – सिटिजन्स शेयर ब्रोकरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनीष अर्यालले ब्रोकर कम्पनीहरूले पनि अनुसन्धान (रिसर्च) मा लगानी र ध्यान बढाउनुपर्ने बताएका छन्। बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ को तेस्रो सत्र ‘प्रविधि तथा नवप्रवर्तनः नेपालको पुँजी बजारको भविष्य’ मा बोल्दै उनले यस्तो बताएका हुन्।
‘ब्रोकर कम्पनीहरूले पनि अनुसन्धानमा जोड दिन आवश्यक छ,’ सीईओ अर्यालले भने, ‘ब्रोकरहरूलाई केवल पैसा वा कमिसनको आधारमा मात्र होइन, सेवा (सर्भिस) को आधारमा तुलना गरेर थप अवसरहरू प्रदान गरिनुपर्छ।’
उनले प्रविधि र प्रणालीको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिँदै थपे, ‘टिएमएसको सर्भिस एक ठाउँबाट मात्र दिइयो, हामीलाई अन्य विकल्प र क्षेत्रमा काम गर्ने दायरा दिइएन। ऐन-नियमहरू सम्बोधन गरेर भए पनि यो व्यवस्थामा सुधार गरिनुपर्छ।’ यसैगरी, ब्रोकर कम्पनीहरूमा कार्यरत जनशक्तिलाई प्राथमिकतामा राखेर उनीहरूको क्षमता अभिवृद्धि गरिनुपर्नेमा समेत उनले जोड दिए।






About Us
प्रतिक्रिया