काठमाडौं – सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की कायममुकायम प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले पुँजी बजारको पूर्वाधार सुधार तथा प्रविधिको विकासका लागि काम भइरहेको बताएकी छन्। बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ को तेस्रो सत्र ‘प्रविधि तथा नवप्रवर्तनः नेपालको पुँजी बजारको भविष्य’ मा बोल्दै सपकोटाले पुँजी बजारको पूर्वाधारलाई थप प्रभावकारी बनाउने विषयमा काम भइरहेको बताएकी हुन्।
उनले सीडीएससीले पूर्वाधार विकाससँगै लगानीकर्ताले प्रयोग गर्ने प्रणालीमा देखिने समस्याको सुधारमा समेत ध्यान दिइरहेको बताइन्। विशेषगरी मेरो सेयरलगायतका प्रणालीमा देखिने समस्या तथा समयमा सेवा उपलब्ध गराउने विषयमा सुधार आवश्यक रहेको उनको भनाइ थियो।
सपकोटाले पुँजी बजार र बैंकिङ्ग क्षेत्रको नियामकीय संरचना फरक रहेको उल्लेख गर्दै दुवै क्षेत्रबीचको समन्वय र प्रविधिगत पूर्वाधारलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। उनका अनुसार पुँजी बजारमा प्रविधिको प्रयोग बढ्दै गएसँगै प्रणालीको क्षमता, पूर्वाधार र सेवा प्रवाहलाई पनि सोहीअनुसार सुधार गर्दै लैजान आवश्यक छ। सीडीएससीले यस दिशामा आवश्यक काम गरिरहेको उनले बताइन्।






About Us
प्रतिक्रिया