मर्चेन्ट बैंक केवल शेयर रजिस्टरमा मात्रै सीमित छैनन्: परमेश्वर पन्त


काठमाडौं- हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परमेश्वर पन्तले मर्चेन्ट बैंकहरू इस्यु म्यानेजर र सेयर रजिस्टरमा मात्र सीमित नरहेको बताएका छन्। बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ को पहिलो सत्र ‘प्रडक्ट, पोलिसी एन्ड रेगुलेशनः द फ्यूचर अफ नेपाल्स क्यापिटल मार्केट’ मा बोल्दै उनले यस्तो बताएका हुन्।

‘मर्चेन्ट बैंक इस्यु म्यानेजर र सेयर रजिस्टरमा मात्रै सीमित छैन, नलेज सेयर गर्न पनि हामी उत्तिकै सक्रिय छौँ,’ पन्तले भने, ‘हामीसँग ज्ञानमा आधारित क्षेत्र मर्चेन्ट बैंक हो। मर्चेन्ट बैंकहरू सबै रिसर्च बेस्ड छन्।’

उनले आफूहरूले प्रवाह गरेको सूचनाले बजारमा कस्तो प्रभाव पारेको छ भन्ने विषय महत्त्वपूर्ण हुने बताए। ‘एआई र प्रविधिले वेल्थको परिभाषालाई नै परिवर्तन गर्नेछ। सबैले औसत रिटर्न पाउन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले थपे, ‘इन्भेष्टर एजुकेसन भनेको साँच्चिकै महत्त्वपूर्ण छ। वित्तीय स्वतन्त्रता भनेको के हो भन्ने विषय बुझाउनुपर्छ।’