काठमाडौं – अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले नेपाल भूपेरिवेष्ठित नभई भू-जडित राष्ट्र भएकाले आर्थिक सम्भावनालाई पुँजी बजारमार्फत थप विस्तार गर्नुपर्ने बताएका छन्।
बैंकिङ समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ को पहिलो सत्र ‘प्रडक्ट, पोलिसी एन्ड रेगुलेशन : द फ्यूचर अफ नेपाल्स क्यापिटल मार्केट’ मा बोल्दै आचार्यले नेपालमा रेमिट्यान्स निरन्तर आइरहेको र विदेशी लगानीका लागि पनि बजार खुला गरिएको बताए।
विदेशमा काम गरिरहेका नेपाली श्रमिकको बचतलाई मुलुकको समृद्धिसँग जोड्न विभिन्न वित्तीय उपकरण निर्माण गरिएको उनले जानकारी दिए। यसका लागि आवश्यक कानुनी व्यवस्था समेत गरिएको उनको भनाइ छ। आचार्यले पुँजी बजारलाई थप प्रभावकारी बनाउन धितोपत्र ऐन संशोधनको प्रक्रिया अघि बढिरहेको बताए। सरकारले आवश्यकता र समयअनुसार विभिन्न ऐनहरू क्रमशः संशोधन गर्दै लगेको उनले जानकारी दिए। ‘हामी भूपेरिवेष्ठित होइनौं, भू-जडित राष्ट्र हौं,’आचार्यले भने।






About Us
प्रतिक्रिया