काठमाडौं – नेपालको पुँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’को सुरु भएको छ। नेपालको पुँजी बजारको नीतिगत सुधार, नियामयकी अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा काठमाडाैंकाे मेरियट हाेटलमा आयोजित डिस्कोर्शकाे उद्घाटन नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का अध्यक्ष गोपाल भट्टले गरेका हुन्।
डिस्कोर्शमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पहिलो सत्र ‘उत्पादन, नीति तथा नियमन: नेपालको पुँजी बजारको भविष्य’, दोस्रो सत्र ‘सचेत लगानीकर्ता, सबल पुँजी बजार: सचेतना र साक्षरताको भूमिका’ तेस्रो सत्रमा ‘प्रविधि तथा नवप्रवर्तन: नेपालको पुँजी बजारको भविष्य’ नामक सत्र गत छलफल हुनेछन्।
डिस्कोर्शमा न बोर्डका अध्यक्ष डा. भट्टसँग विशेष डुओलग समेत हुनेछ। साथै, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) का कार्यकारी निर्देशकसँग राम मोहन रावसँग पनि डुओलग हुनेछ। डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरूको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ।






About Us
प्रतिक्रिया