साताको सुनः १६ सय रुपैयाँले घट्यो मूल्य


काठमाडौं – नेपाली बजारमा यो साता सुनको मूल्य समग्रमा प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा ३ लाख ७ हजार ४ सय रुपैयाँमा झरेको हो।

साताको कारोबारमा आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो। सोमबार २ हजार ४ सय रुपैयाँ घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झर्‍यो। मंगलबार थप ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भयो।

बुधबार सुनको मूल्य ८ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँमा झर्‍यो। त्यसपछि बिहीबार सुनको मूल्य ७ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ पुग्यो। शुक्रबार पनि सुनको मूल्य २ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँमा कायम भयो। समग्रमा याे साता सुनकाे मूल्यमा १ हजार ६ सय रुपैयाँकाे गिरावट देखिएकाे।