काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो सुधार देखिए पनि पाँच कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन्। आज ३४८ कम्पनी कारोबारमा आउँदा १२ प्रतिशत आइसीएफसी फाइनान्स डिबेन्चर २०८३, अप्पर लोहोरे खोला, महिला लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र लक्ष्मी उन्नती कोषको शेयर मूल्यमा उच्च गिरावट आएको छ।
यी पाँच कम्पनीमध्ये आज सबैभन्दा बढी १२ प्रतिशत आइसीएफसी फाइनान्सका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, अप्पर लोहोरे खोलाको १४.९८ प्रतिशत, महिला लघुवित्तको ५.१८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.७४ प्रतिशत र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले ४.१५ प्रतिशतका दरले गुमाएका छन्।
आज सबैभन्दा बढी माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, इमर्जिङ नेपालका लगानीकर्ताले ५.४८ प्रतिशतका दरले कमाएका छन्।








About Us
प्रतिक्रिया