काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.५५ अंकले बढेर बजार २६ सय ४२ दशमलव ४० को बिन्दुमा बन्द भएको छ। आज ३४८ कम्पनीको ३ अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ८७ लाख १ हजार कित्ता शेयर किनबेच भएको छ।
आज सबैभन्दा बढी एनआरएनको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३१ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, सेन्टरल फाइनान्स कम्पनीको २२ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, इमर्जिङ नेपालका लगानीकर्ताले ५.४८ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा बढी १२ प्रतिशत आइसीएफसी फाइनान्स डिबेन्चर २०८३ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन्।








About Us
प्रतिक्रिया