सामान्य घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा १२ सय रुपैयाँले घटेको हो।

यससँगै आज सुन प्रतितोला सुन ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो। यससँगै आज चाँदी तोलामा ४ हजार ७४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।