सन सेक्युरिटिजमा लायन्स क्लबको बैठक, शेयर बजारसम्बन्धी सचेतनामा जोड


काठमाडौं – लायन्स क्लबको आयोजनामा सन सेक्युरिटिज प्राइभेट लिमिटेडमा लायन्स इन्टरनेसनलका डाइरेक्ट गभर्नरहरूको प्रथम सल्लाहकार समिति बैठक सम्पन्न भएको छ। लायन्स इन्टरनेसनलका डाइरेक्ट गभर्नरहरू तथा विभिन्न पदाधिकारीहरूको उल्लेखनीय सहभागितामा बैठक सम्पन्न भएकाे हाे।

सोही अवसरमा सहभागीहरूलाई शेयर बजार तथा वित्तीय लगानीसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा शेयर बजारका आधारभूत पक्ष, लगानीका अवसर तथा सम्भावित जोखिम, लगानी गर्दा अपनाउनुपर्ने सावधानी र बजारसम्बन्धी आवश्यक जानकारीका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।

कार्यक्रममा सूचनाको उचित प्रयोग, अध्ययन तथा विश्लेषणका आधारमा लगानी निर्णय लिनुपर्नेमा जोड दिइएको थियो। साथै, शेयर बजारमा लगानी गर्दा जोखिमको मूल्याङ्कन, बजारको अवस्था तथा सम्बन्धित विषयमा पर्याप्त जानकारी हासिल गर्नुपर्ने आवश्यकताबारे समेत सहभागीहरूलाई अवगत गराइएको थियो।

कार्यक्रमले सहभागीहरूमा शेयर बजार तथा लगानीसम्बन्धी ज्ञान र बुझाइ अभिवृद्धि गर्नुका साथै जिम्मेवार तथा सचेत लगानीतर्फ प्रेरित गरेको सहभागीहरूले बताएका थिए। उनीहरूले यस्ता वित्तीय तथा लगानीसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा सहभागीहरूले सन सेक्युरिटिजले गरेको व्यवस्थापन तथा आतिथ्यताको प्रशंसा गर्दै कार्यक्रम उपयोगी र ज्ञानवर्धक रहेको बताएका थिए। कार्यक्रमले सहभागीहरूलाई शेयर बजार तथा लगानीका अवसर र जोखिमबारे थप जानकार बनाउँदै अध्ययन, सूचना र विश्लेषणका आधारमा जिम्मेवार लगानी निर्णय लिन प्रोत्साहित गरेको आयोजकले विश्वास राखेकाे छ।