पुँजी बजार सुधार लागि सेवोनको श्वेतपत्र: पूर्ण डिजिटल आईपीओ इकोसिस्टम


काठमाडौं – नेपाल धितोपत्र बोर्डले (सेवोन)ले पूर्ण डिजिटल आईपीओ इकोसिस्टमकाे अवधारणा अघि सारेकाे छ। सेवाेनले नेपालको प्राथमिक पुँजी बजारको विकास र सुदृढीकरणका लागि ‘प्राथमिक पुँजी बजार विकास सम्बन्धी श्वेतपत्र पत्र २०८३’ जारी गर्दै साे अवधारणा अघि सारेकाे हाे।

सेवोनले आधुनिक डिजिटल इकोसिस्टमका सम्पूर्ण आईपीओ प्रक्रिया डिजिटल बजाउनुका साथै लगानीकर्ताको पहुँच सहज बनाउने र कागजी प्रक्रिया पूर्ण रूपमा हटाउने योजना अघि सारेकाे छ।

त्यस्तै, सञ्चालन लागत तथा समय घटाउने, पारदर्शिता तथा कार्यदक्षता अभिवृद्धि गर्ने, साईबर सुरक्षा तथा ‘डाटा इन्ट्रीग्रिटी’ सुनिश्चित गर्ने र नियामकीय निरीक्षणलाई ‘रियल टाइम’ बनाउने जस्ता प्रमुख उद्देश्यहरू सेवोनको रहेको छ।