काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.८२ अंकले घटेर बजार २६ सय ५४ दशमलव १५ को बिन्दुमा बन्द भएको छ। आज कारोबारमा आएका ३४७ कम्पनीको ४ अर्ब ६२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ८ लाख कित्ता शेयर किनबेच भएको छ।
आज ६४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १० कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज सबैभन्दा बढी रिडी पावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४७ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको हो। त्यस्तै, आँखुखोला जलविधुतको २५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी अप्पर लोहोरे खोला हाइड्रोपावका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, कालंगा हाइड्रोका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउनेमा एलएस होराइजन १२ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.५० प्रतिशतका दरले गुमाएका छन्।







About Us
प्रतिक्रिया