काठमाडौं – गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख कित्ता साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको हो।
कम्पनीले यस प्रयोजनका लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। उक्त नियुक्ति सम्बन्धी सम्झौता पत्रमा गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष मित्र बहादुर श्रेष्ठ र आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल बीच हस्ताक्षर भएको छ।
प्रवद्र्धक कम्पनी गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडद्वारा निर्मित गुमुखोला भ्याकुरे जलविद्युत आयोजना दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा अवस्थित रहेको छ।
रन अफ रिभर प्रविधिमा आधारित यस आयोजनाको कुल जडित उत्पादन क्षमता ९५० किलोवाट रहेको छ। यस आयोजनाबाट वार्षिक करिब ५.६ न्ध्ज विद्युत ऊर्जा उत्पादन भईरहेको छ। आयोजनाबाट उत्पादित विद्युत ३३ के.भी. प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेशनमा जोडिने कम्पनीले जनाएको छ।







About Us
प्रतिक्रिया