काठमाडौं – मल्टीपर्पस फाइनान्सले यो वर्ष पनि शेयरधनीको हात खाली बनाएको छ। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको ४६० औं बैठकले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो।
कम्पनीको हिजो बसेको सो बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय वितरणको आधारमा शेयरधनीलाई नगद लाभांश/बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जानकारी दिएको छ।
साथै, कम्पनीले यस अघिका ३ वर्षदेखि लगातार शेयरधनीको हात खाली बनाउदै आएको छ। कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा नगद लाभांश ०.५२६ प्रतिशत र बोनश शेयर १३ प्रतिशतका दरले वितरण गरेको थियो।
यसयता कम्पनीले शेयरधनीहरूलाई कुनैपनि प्रकारको लाभांश वितरण गरेको छैन।







About Us
प्रतिक्रिया