काठमाडौं – स्टक ब्रोकर एसोसिएसन अफ नेपालको आगामी निर्वाचनमा सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) का कार्यकारी अध्यक्ष कृष्ण गिरीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
वर्तमान अध्यक्ष सागर ढकालको दुई वर्षे कार्यकाल समाप्त हुन लागेसँगै एसोसिएसनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेसँगै अध्यक्षमा गिरीले उम्मेदवारी दिने घोषणा गरेका हुन्। अध्यक्ष पदमा उम्मेदवारी दिएका गिरीले पूँजी बजारको सुधार, आधुनिकीकरण र ब्रोकर व्यवसायको संस्थागत विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नीति–निर्माण तहमा लामो अनुभव रहेको उल्लेख गर्दै उनले बजार सुधारका एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउने योजना रहेको जनाएका छन्।
गिरीले एशोसिएशनको तर्फबाट नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र बोर्डलगायत नीति निर्माण तहमा प्रतिनिधित्व गर्दै आएका छन्। साथै, धितोपत्र बोर्डले पुँजी बजार सुधारसम्बन्धी बनाएको समितिमा समेत ब्रोकर एशोसिएशनको तर्फबाट गिरीले नै प्रतिनिधित्व गर्दै आएका छन्।







About Us
प्रतिक्रिया