नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब आसपास


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.१५ अंकले घटेर बजार २६ सय ६३ दशमलव १८ को बिन्दुमा बन्द भएको छ। आज कारोबारमा आएका ३४३ कम्पनीमध्ये ५८ कम्पनीको शेयर मूल्य घटेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज दिनभरिमा ४ अर्ब ७ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यससँगै १ करोड ७ लाख कित्ता शेयर किनबेच भएको। आज सबैभन्दा बढी खानीखोला हाइड्रोपावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४० करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, सिद्धार्थ बैंकको १६ करोड ७७ लाख रुपैयाँ शेयर कारोबार भएको छ।

आज एभरेष्ट कलरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, खानीखोला हाइड्रोपावरका लगानीकर्ताले १०.०७ प्रतिशतका दरले कमाएका छन्। सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १३.४३ प्रतिशतका दरले गुमाएका छन्।