अप्पर स्याँङ्गे हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्दै, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त


काठमाडौं – अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २२ करोड रुपैयाँको १ः१ अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको गत असोज ९ गते बसेको नवौं वार्षिक साधारणसभाले स्वीकृत गरिसकेको छ।

सोही निर्णयअनुसार कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि एनआईएमबी एस क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो।