काठमाडौं – नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कायम भएको छ। गत शुक्रबार सुनको मूल्य तोलामा २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै,आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो। यससँगै आज चाँदी तोलामा ४ हजार ३१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।







About Us
प्रतिक्रिया