काठमाडौं – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– १२बाट प्रहरीले नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सिद्धार्थनगर सोहरतगढ बस्ने अभिषेक कसौधन र महाराष्ट्रको बस्ने यश बाउसाहेब ब्राम्हण रहेका छन् ।
भारतीय नक्कली नोटको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट प्रहरी निरीक्षक मान बहादुर बिसीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट भारतीय नक्कली नोट ५०० दरको १४० थान, मोबाइल २ थान र भारतीय आधार कार्ड २ थान बरामद गरेको छ।
उनीहरूलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतबाट दिन ५ म्याद लिई मा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया