काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा चार हजार तीन सय १० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।







About Us
प्रतिक्रिया