काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले म्यानेजरियल आईटी पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार सूचना प्रविधि क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने, आईटी रणनीति निर्माण तथा कार्यान्वयन, डिजिटल सम्पत्तिको सुरक्षा र संस्थाको डिजिटल रूपान्तरणलाई अगाडि बढाउन सक्ने कर्मचारी माग गरेको हो ।
आवेदन दिन इच्छुक उम्मेदवारले कम्प्युटर साइन्स, सूचना प्रविधि, कम्प्युटर इन्जिनियरिङ वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। स्नातकोत्तर तह उत्तीर्ण उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। सूचना प्रविधि क्षेत्रमा ५ देखि ७ वर्षसम्मको कार्यानुभव तथा कम्तीमा २ वर्ष व्यवस्थापकीय वा नेतृत्वदायी भूमिकामा काम गरेको अनुभव हुनुपर्ने उल्लेख छ ।







About Us
प्रतिक्रिया