तीन ब्रोकरमाथि सेबोनको डन्डा, तिरायो १ करोड १० लाख जरिवाना 


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीन वटा ब्रोकर कम्पनीहरूलाई कारबाही गरेको छ । सेबोनले सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्थालाई वेवास्ता गर्ने तीन कम्पनीलाई कारबाही गरेको हो । 

सेबोनले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ क. को उपदफा ४ को खण्ड घ र दफा ७ग. को व्यवस्था उलङ्घन गरेपछि ३ ब्रोकरलाई कारवाही गरेको हो । सेबोनले सिप्ला सेक्यूरिटिज, कृष्ण सेक्यूरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज्लाई कारबाही गरेको हो । तीन वटा नै ब्रोकरलाई बोर्डले आर्थिक जरिवाना गराएको हो । 

बोर्डले सिप्लालाई ५० लाख जरिवाना गरेको छ भने कृष्ण सेक्यूरिटिज र हातेमालो फाइनान्सियललाई ३०–३० लाखका दरले जरिवाना तिराएको हो । बोर्डले तीन वटा ब्रोकरबाट १ करोड १० लाख जरिवाना उठाएको छ । तीन वटा नै ब्रोकरलाई मनी लाउण्डरिङ्ग निवारण ऐन बमोजिम कारबाही गरेको बोर्डले जनाएको छ ।