युनाइटेड अजोड इन्स्योरेन्सले माग्यो कर्मचारी


काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चार पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले मार्केटिङ विभाग, क्लेम विभागमा डेपुटी म्यानेजर र जुनियर अफिसर, एग्रिकल्चर विभागमा एग्रिकल्चर हेडका लागि आवेदन माग गरेको हो ।

जसमा क्लेम विभागमा डेपुटी म्यानेजर वा म्यानेजर पदमा १ जना तथा जुनियर अफिसर वा अफिसर पदमा १ जना र एग्रिकल्चर हेड पदमा १ जना कर्मचारी माग गरेको छ भने मार्केटिङ विभागमा केही संख्यामा कर्मचारी माग गरेको छ।

इच्छुक तथा योग्य उम्मेदवारले आवश्यक सामाग्री सहित यो सूचना प्रकाशित भएको मिति (साउन १२ गते) ले १५ दिन भित्र आवेदन दिन सक्नेछन्।