काठमाडौं – आन्तरिक राजस्व विभागले असार महिनाको विद्युत खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने बताएको छ । विभागले एक सूचना नै जारी गरेर आर्थिक ऐन, २०८३ लाई स्पष्ट पारेको हो ।
आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि भएको विद्युत खपतमा कर लाग्ने बताएको हो ।
‘साउन १ गतेदेखि प्रारम्भ हुनेछन् भन्ने व्यवस्था गरेको छ। तसर्थ, कुनै उपभोक्ताको संवत् २०८३ साल आषाढ ३२ गते सम्मको विद्युत उपभोगर खपत बापतको विलिङ्ग २०८३ श्रावण वा सो भन्दा पछि भएता पनि २०८३ साल श्रावण १ भन्दा अगाडी उपभोग र खपत भएको विद्युत शक्तिमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ समूह २ः आधारभूत आवश्यकताका वस्तुहरूमा विद्युत शक्ति समावेश भएको हुँदा सो अवधीको त्यस्तो सेवा खपतमा मूल्य अभिवृद्धि कर छुट हुने भएकाले मूल्य अभिवृद्धि कर आकर्षित हुने देखिँदैन’ विभागले स्पष्ट पारेको छ ।








About Us
प्रतिक्रिया