काठमाडौं – नेपालका सुन चाँदी आभूषण व्यवसायीहरूलाई लक्षित गरी विशेष रूपमा तयार पारिएको नेपालकै पहिलो ज्वेलरी व्यवस्थापन सफ्टवेयर डीपअर्थ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
स्वोर्डफिस टेक्नोलोजीको सहकार्यमा तथा आयोजनामा भव्य कार्यक्रम आयोजना गरिएको थियो। देशभरबाट सुनचाँदी तथा आभूषण व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा ज्वेलरी क्षेत्रको समग्र डिजिटल रूपान्तरण र आधुनिक प्रविधिको प्रयोगबारे गहन छलफल भएको थियो।
परम्परागत हिसाब किताबलाई विस्थापित गर्दै आधुनिक लेखा प्रणाली, स्टक व्यवस्थापन, र कर व्यवस्थापनलाई सहज बनाउने विषयमा विस्तृत प्रस्तुति दिइएको थियो। बारकोड तथा बिलिङ प्रणाली, ग्राहक व्यवस्थापन, सुरक्षा तथा व्यावसायिक दक्षता अभिवृद्धिका बारेमा व्यवसायीहरूबीच अन्तरक्रिया गरिएको थियो। यस्तै, स्वोर्डफिस टेक्नोलोजीका प्रबन्ध निर्देशक किसान सुनारले ज्वेलरी व्यवसायलाई समयानुकूल डिजिटल प्रणालीतर्फ लैजानु आजको मुख्य आवश्यकता रहेको बताए।
कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा टेकपाइला इनोभेशनका एसोसिएट डाइरेक्टर र संस्थापक सीईओ चिरञ्जीवी अधिकारीले डीपअर्थले शक्तिशाली प्रोसेस अटोमेसन, मजबुत डाटा सुरक्षा र रोल बेस्ड एक्सेस कन्ट्रोल प्रदान गर्ने कुरामा जोड दिएका छन् । नेपाली युवाहरूको उज्ज्वल प्रतिभा र क्षमताबाट विकसित यो स्वदेशी प्रविधिलाई आत्मसात गर्न माग गरेका छन् ।








About Us
प्रतिक्रिया