काठमाडौं – रिज लाइन इनर्जी लिमिटेडको ७१ हजार १०० कित्ता शेयरको लकइन अवधि आगामी भदौं १३ गते सकिने भएको छ। कम्पनीको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको उक्त शेयरको लकइन अवधि सकिने भएको हो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को व्यवस्थाअनुसार सामूहिक लगानी कोषले प्राथमिक निष्कासन (आईपीओ) मार्फत प्राप्त गरेको धितोपत्रको लक–इन अवधि योजनाको निर्धारित समयावधि बाँकी ६ महिनाभन्दा कम भएमा बाँडफाँड भएको मितिदेखि ६ महिनासम्म मात्र कायम रहने व्यवस्था छ।
उक्त व्यवस्थाअनुसार रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको नाममा रहेको सो शेयरको लक–इन अवधि सकिन लागेको हो ।








About Us
प्रतिक्रिया