प्रहरीका ११ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन 


काठमाडौं – नेपाल प्रहरीले लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत कानून तथा मानव अधिकार महाशाखाले एक एक सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो।

उक्त सुचना अनुसार गैरहाजिर हुनेहरूमा काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा, रानीपोखरीका  प्रहरी सहायक निरीक्षक (प्रसनि)  तिर्थ बहादुर बुढा, इलाका प्रहरी कार्यालय, लेकवेशी सुर्खेतका प्रसनि दुर्गाराज मल्ल रहेका छन् । साथै, प्रहरी जवान नागेश्वर यादव,सुवोध प्रसाद पटेल, देव कृष्ण राउत, जयन्ती थापा मगर, संजय परियार, गिता मेदासी, राज कुमार रावत, ध्रुव राज पाध्या र प्रहरी कार्यालय सहयोगी सुरेश कुमाल गैरहाजिर हुनेहरू रहेका छन् । 

तोकिएको समयभित्र हाजिर नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने  चेतावनी प्रहरी प्रधान कार्यालयले लिएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूका लागि यो सूचना कर्मचारीलाई सफाइको अवसर प्रदान गरिएको जनाएको छ ।