काठमाडौं – डलर साटिदिने भन्दै ३ लाख ८४ हजार लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका धन बहादुर तामाङ, लोक बहादुर तामाङ, राज कुमार लामा र विजय तामाङ रहेका छन् ।
काठमाडौंको विभिन्न स्थानहरूमा डलर साटिदिने भनि प्रलोभनमा पारी रकम लुटपाट गरी फरार रहेका उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले कपनबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले ३ लाख ८४ हजार नगद, अमेरिकन डलर ५० दरको नोट १ थान, सुनको औंठी, ब्रसलेट, रिङ र तिलहरी बरामद गरेको छ । साथै, अनुसन्धानको क्रममा धन बहादुर तामाङविरुद्ध विभिन्न मितिमा ठगी सम्बन्धी कसुरमा ६ वटा मुद्दा दर्ता भएको देखिएको र लोक बहादुर तामाङ विरुद्ध विभिन्न मितिमा खोटा चलन, अभद्र व्यवहार, ठगी मुद्दा दर्ता भएको र बैंकिङ्ग कसुर मुद्दामा समेत फरार देखिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







About Us
प्रतिक्रिया