काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ६०० र चाँदी ६० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ४१० निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ३५० निर्धारण भएको थियो । गत बिहीबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३०० र चाँदी ४ हजार ५०५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







About Us
प्रतिक्रिया