काठमाडौं – प्रभु हेलिकप्टरले २०२५ मा २८ करोड ५० लाख रुपैयाँ कमाएको छ। कम्पनीले अघिल्लो वर्ष २०२४ को तुलनामा साढे २ करोड रुपैयाँले नाफा बढाएको हो।
कम्पनीले २०२४ मा २६ करोड रुपैयाँ कमाएको थियो। जबकी, कम्पनीले २०२३ मा ४१ करोड रुपैयाँभन्दा बढीको आम्दानी गरेको थियो। आम्दानी घटेपनि कम्पनीले ऋण भने बढाएको छ।
सन् २०२५ मा कम्पनीले ५० लाख ऋण पुर्याएको देखिन्छ। जबकी, २०२४ मा ३ लाख रुपैयाँ कर्जा थियो। प्रभु हेलिकप्टर सर्वसाधारणलाई प्राथमिक शेयर बिक्रीको तयारीमा छ।
कम्पनीले ६१ लाख २५ हजार कित्ता शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। प्रभु हेलिकप्टरले ६१ करोड २५ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर बिक्रीका लागि सेबोनमा दोस्रो पटक आवेदन दिइसकेको छ।







About Us
प्रतिक्रिया