चोरी कसुरमा ५ वर्ष कैद तोकिएका आकाश यादव पक्राउ


काठमाडौं – चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका– ३० बस्ने २८ वर्षीय आकाश यादवलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत पर्साको २०८१ चैत २२ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका– १९ बिन्दवासिनीबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।