मकालु वाइन इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित बोलायो विशेष साधारण सभा


काठमाडौं – मकालु वाइन इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित साउन २३ गते विशेष साधारण सभा बोलाएको छ। कम्पनीको साउन ६ गते बसेको बैठकले सो सभा शनिबार सोल्टी वेस्टेण्ड इटहरीमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको हो।

विशेष साधारणसभामा जारी पूँजीको २० प्रतिशतले हुन आउने १० लाख कित्ता आईपीओ निष्काशन गर्ने र जगेडा कोषमा रहेका संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने प्रस्ताव पेश गर्नेछ।