मधेशका पूर्वअर्थमन्त्री साहसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा


काठमाडौं – सर्लाहीको बाग्मती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्र प्रसाद साह सहित सात जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले साह सहित मधेश प्रदेश सरकारको अर्थमन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, प्रमुख प्रशाकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयका उपसचिव उद्धवराज न्यौपाने र ठेकेदार बिकोई धुलिखेल जेवीका प्रतिनिधि युवराज पोखरेलमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले उक्त निर्माणमा ३९ करोड ३९ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरे पनि आरोपितहरूमाथि फरक-फरक बिगो र जरिवाना मागदाबी गरेको छ ।