एनएलजी इन्स्योरेन्सले किन्यो हिमालयन बैंकको १०० कित्ता संस्थापक शेयर


काठमाडौं – एनएलजी इन्स्योरेन्सले कम्पनी लिमिटेडले हिमालयन बैंक लिमिटेडको १०० कित्ता संस्थापक शेयर खरिद गरेको छ । हिमालयन बैंकले प्रकाशित गरेको ७ दिने सार्वजनिक सूचनाअनुसार संस्थापक शेयरधनी जयन्त कुमार अग्रवालको स्वामित्वमा रहेको १०० कित्ता संस्थापक शेयर एनएलजी इन्स्योरेन्सको नाममा नामसारी हुने प्रक्रिया अघि बढाएको हो ।

बैंकका अनुसार यसअघि विद्यमान संस्थापक शेयरधनीलाई खरिदका लागि अवसर दिँदा कुनै निवेदन नपरेपछि सर्वसाधारण, फर्म तथा संगठित संस्थाका लागि आवेदन खुला गरिएको थियो । सोही प्रक्रियाअन्तर्गत एनएलजीले आवेदन दिएको थियो । बैंककाअनुसार आजको ७ दिनभित्र कुनै दाबी वा उजुरी नआएमा उक्त १०० कित्ता संस्थापक शेयर एनएलजीको नाममा नामसारी गर्नेछ ।