सुनको मूल्य बढ्यो, कति पुग्यो ?


काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० र चाँदी २५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ५०५ निर्धारण भएको छ ।

हिजो एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ४८० निर्धारण भएको थियो । गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३७० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ र चाँदी ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ ।